नाबालिग करणी आरोपमा मकरबहादुर पक्राउ
उदयपुर | असार १७, २०८०
उदयपुर: ६ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ रहेका छन् ।
उनलाई शनिबार दिउँसो प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मकरले नाबालिगलाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

